गोरखा । गैरसरकारी संस्था महासंघ गोरखाको अध्यक्षमा पुन: सीताराम श्रेष्ठ चयन भएका छन् ।
गोरखा सदरमुकाममा सम्पन्न महासंघको ११ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले श्रेष्ठकाे नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको छ।
जसकाे उपाध्यक्षमा हरि देवकोटा, सचिवमा बालकृष्ण लामिछाने, सहसचिवमा शारदा घिमिरे, कोषाध्यक्षमा रामबाबु ढकाल चयन भएका छन् ।



त्यस्तै महासंघकाे सदस्यहरुमा भूमीप्रसाद रेग्मी, निर्माण घिमिरे, निरञ्जनरमण खनाल, सन्तोष पाण्डे, गितामाया श्रेष्थ, मिलनसिंह बस्नेत, राज गुरुङ, सुनिल न्यौपाने, साने गुरुङ र अनिता नेपाली चयन भएका छन् ।
अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारी, महासंघका केन्द्रीय सचिव काजीराम रोका, गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

