गोरखा । प्रजातन्त्र दिवशका अवसर पारेर गोरखाकाे खानचाेकमा नेपाली कांग्रेसले पार्टी कार्यालय स्थापना गरेकाे छ ।
भिमसेनथापा गाउँपालिका वडा न ५ खाञ्चोकमा कांग्रेस वडा पार्टी कार्यालय स्थापना गरिएको हाे ।


वडा पार्टी सभापति कुबिर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं भिमसेनथापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले कांग्रेस पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य केशर गुरुङ, क्षेत्र १ प्रदेश ‘ख’ का सभापति ठाकुर भट्ट, क्षेत्रिय सचिव रोशन गुरुङ, भिमसेनथापा गाउँपालिका सभापति नारायण भट्टराई लगायतले सुभकामना मन्तब्य राखेका थिए ।