• आइतबार, साउन १७ २०८३

एमसीसी राष्ट्रघाती भन्नेले केपी ओली-प्रचण्ड मुर्दावाद भन्न सक्नुपर्छ : महामन्त्री थापा


आइतबार, फाल्गुन ८ २०७८
760
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीविरुद्ध नाराबाजी गर्नेले अब एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बोल्न सक्नुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल भएपछि पत्रकारहरुसँग बोल्दै थापाले यस्तो बताएका हुन्।’यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने अब केपी शर्मा ओली प्रचण्ड मुर्दावाद भन्न सक्नुपर्छ’, उनले भने, ‘यो विषय संसदमा छलफल भएको छ।

अब संसदमा कुरा हुनुपर्छ। संसदमा कुरा होला कि नहोला भन्ने थियो। १२ गतेबाट सामान्य छलफल हुन्छ।’ उनले मतदानमा जाँदै गर्दा केपी ओलीले गरेको दर्ता र शेरबहादुर देउवाले गरेको प्रस्तावबारे प्रश्न उठ्नेप्रति उनले अब सबैले डलब स्टान्डर्ड छाड्नुपर्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार