sf7df8f}F, #) c;f/ M gjlgo'Qm cy{dGqL hgfb{g zdf{ a'waf/ cy{ dGqfnodf cfkmgf] kbef/ u|x0f kl5 dftxtsf sd{rf/LnfO{ lgb]{zg lbg'x'Fb} . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् ।
उनको सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यू विरामी भएकाले निवासमै रेष्ट गरिरहनु भएको छ, उहाँ संसद बैठकमा जानु भएको छैन ।’ एमसीसी पेश गर्ने विषयमा नेकपा माओवादीभित्रै तीव्र मतभेद छ । सत्ता गठबन्धनको आजको बैठकमा अध्यक्ष प्रचण्डले टेबल गर्न सहमती जनाएका छन् । त्यसलगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने निर्णय गरेको थियो ।

