• आइतबार, साउन १७ २०८३

संसदमा एमसिसी टेबल गर्ने सत्ता गठबन्धनको निर्णय


आइतबार, फाल्गुन ८ २०७८
1.2K
Shares

सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ। बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ।

अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुनेछ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता  ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभगी भएका थिए। लामो वादविवादपछि अन्तत: गठबन्धनले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार