अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदमा टेबल गर्ने विषयमा सहमति जुटाउन आज (आइतबार) बिहान सत्ता गठबन्धनको बैठक बस्दै छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बस्ने तय भएको जानकारी दिए।
बैठककको प्रमुख एजेन्डा एमसीसी रहेको उनले बताए।
अन्ततः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सरकारलाई एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन सहमत भइसकेका छन्। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।