• आइतबार, साउन १७ २०८३

संघ सरकारविरुद्ध प्रदेश-२ सरकार अदालतमा मुद्दा दिने


शुक्रबार, फाल्गुन ६ २०७८
1K
Shares

मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीका विभिन्न तहमा भर्नाका लागि प्रकाशित विज्ञापन रद्द गर्न माग गर्दैै मधेस प्रदेश सरकारले मुद्दा दायर गरेको हो ।

शुक्रबार मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संघीय सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाउन आनाकानी गरिरहेको आरोप लगाए ।

उनले संविधानमा उल्लेखित एकल अधिकारको सूचीमा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारको जिम्मामा रहेको र सोही अनुरुप प्रदेश प्रहरी गठन तथा प्रहरी समायोजन भई निश्चित तहसम्म प्रहरी भर्ना गर्ने अधिकार प्रदेश सरकारको रहने भन्दै मन्त्री साहले सोही अधिकार कार्यान्वयनको मागसहित अदालतमा मुद्दा दायर गरिएको बताए । प्रहरी भर्नाका सम्बन्धमा संघबाट भइरहेको प्रक्रिया रोक्न माग गर्दै मधेस प्रदेश सरकारले मुद्दा दायर गरेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार