• आइतबार, साउन १७ २०८३

आइतवारसम्मकालागि प्रतिनिधिसभा बैठक स्थगित


शुक्रबार, फाल्गुन ६ २०७८
2.5K
Shares

sf7df8f}F, #) r}t . k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7s .

प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीबीच सरकारले एउटा प्रतिवेदन पेश गरेपछि बैठक सकिएको हो। 

यो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन मन्त्री दिलेन्द्र बडुले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश गरेका छन्। 

यससँगै बैठक आइतवारसम्मलाई स्थगित भएको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले दिएका हुन्। यसअघि बैठकको कार्यसूचीबारे छलफल गर्न सभामुख सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवनस्थित शंकर हलमा बसेको थियो। तर त्यहाँ एमाले सहभागी भएको थिएन। 

शुक्रबार बिहानै बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीबारे सहमति जुटेको थिएन। सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा लैजान आफ्नो योजना आइतवारसम्मलाई स्थगित गरेका छन्। उनले फागुन १६ भित्र एमसीसी पास गरिसक्ने अडान लिएका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार