• आइतबार, साउन १७ २०८३

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा विलय


शुक्रबार, फाल्गुन ६ २०७८
1.1K
Shares

काठमाडौं। सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवेश गर्ने भएका छन् ।

उनले नेतृत्व गर्दै आएको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासंग समाहित हुने भएको छ । राप्रपाको पदाधिकारी बैठकले पार्टीमा समाहित गर्ने निर्णय अनुमोदन गरेको हो ।

राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति अनुसार महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । शाही नेतृत्वको अभियानलाई समाहित गर्न वार्ता समितिले प्रस्ताव गरेको थियो । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले प्रस्ताव अनुमोदन गरेको राप्रपाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार