
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिमा नयाँ सदस्य शुक्रराज शर्मा मनोनीत भएका छन् । कार्यसमिति सदस्यमा १३ जना मनोनीत भएका छन् । सभापति शुक्रराज शर्माले राखेको सदस्य मनोनयनको प्रस्ताव समितिको बुधबारको बैठकले पारित गरेको हो ।
सभापति शर्माले बागलुङका वसन्तकुमार श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका हुन् । गोरखाकी रविकला खनाल, तनहुँका तारा श्रेष्ठ, म्याग्दीकी अमृता बानियाँ, पर्वतका रामकृष्ण मल्ल, मनाङका चिन्तबहादुर घले, नवलपुरका द्रोणवन सन्यासी, कास्कीकी संज्ञा पोखरेल, तनहुँका अमृत विक, कास्कीका नारायण बराल, बागलुङकी शकुन्तला शर्मा, स्याङ्जाका ध्रुव शर्मा पँगेनी, कास्कीका देवेन्द्र केसी र मुस्ताङका योगेश गौचन थकाली सदस्य मनोनीत भएका हुन् ।



त्यसैगरी, बैठकले ३४ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । जसमा सभापति शर्मा, उपसभापति कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीद्वय कोपिला रानाभाट र रामचन्द्र जोशी, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, प्रवक्ता मधु बास्तोला लगायत छन् ।
समितिमा अर्जुन जोशी, पूर्णबहादुर दाहाल, लक्ष्मी आचार्य, शान्तिरमण वाग्ले, अर्जुन शेरचन, शोभा अधिकारी, सरिता गुरुङ, सीता गुरुङ, प्रकाशचन्द्र दवाडी, सुरज गुरुङ, सीताकुमारी काफ्ले लामिछाने, सीता कुँवर, कविता तिवारी, योगेश गौचन, अजित क्षेत्री, अमृत नेपाली, विमला गौचन, छुपिमाया गुरुङ, ईन्द्रबहादुर महतो, माया राना, अशोक बस्ताकोटी, चिन्तबहादुर घले, ध्रुव शर्मा पँगेनी र पार्वती आचार्य छन् ।
बैठकले प्रशिक्षण विभाग प्रमुखपछि तोक्ने र विज्ञहरुसँगको समन्वय महामन्त्री विष्णुप्रसाद लामिछानेले गर्ने निर्णय पनि भएको कार्यालय सचिव प्रकाश बरालले बताए।

