• आइतबार, साउन १७ २०८३

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू, यी हुन् छलफलका एजेण्डा


शुक्रबार, फाल्गुन ६ २०७८
955
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू भएको छ ।

संसद सञ्चालन, मन्त्रिपरिषद विस्तार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायतको विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएको बताइएको छ ।

प्रधानमन्त्री निवासमा भइरहेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

नेपालगञ्जबाट आज फर्किएका माधव नेपाल विमानस्थलबाट सिधै बालुवाटार गएका थिए ।सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्ययादेशका कारण गठबन्धनले सरकार विस्तार गर्न सकेको छैन । अध्यायदेशको आधारमा दर्ता भएको माधव नेपाल नेतृत्वको नेकपा एसको विरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

नेकपा एसले आधिकारिकता पाउने वा नपाउने विषयले पनि मन्त्रिपरिषद विस्तार रोकिएको छ। अर्कोतर्फ, तत्काल सरकार विस्तार गर्दा जसपा विभाजको जोखिर रहेकाले पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार