• आइतबार, साउन १७ २०८३

१६ जिल्लाको कांग्रेस अधिवेशन सर्‍यो, अब माघ १५ मा हुने


बिहिबार, फाल्गुन ५ २०७८
550
Shares

नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन मिति पुन सरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको हो।

यसअघि माघ २८ गते बसेको निर्वाचन समितिको बैठकले ती जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको थियो। 

कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीमा जिल्ला अधिवेशन गर्न बाँकी छ। 

निर्वाचन समितिले १६ जिल्ला बाहेकका जिल्लाहरुमा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन पूर्वनिर्धारित मिति फागुन १० गते भित्र नै हुने पनि निर्णय गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार