• बिहिबार, असोज १ २०८३

प्रधानमन्त्री देउवा भन्छन् : एमसीसी पास गराउन पहल गरिरहेको छु


बिहिबार, फाल्गुन ५ २०७८
840
Shares

नेपाली काँग्रेस संसदीय दलकाे नया बानेश्वरमा बसेकाे बैठक । बैठकमा बाेल्दै प्रम शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि आउने नतिजा स्वीकार गरेर जाने बताएका छन्।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक बिहीबार बालुवाटारमा विमोचन क्रममा उनले संसदले एमसीसीबारे गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन्। 

‘पास फेल के हुन्छ थाहा छैन। हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसका लागि मैले पहल गरिरहेको छु।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार