• बिहिबार, असोज १ २०८३

मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन चैतमा


बुधबार, फाल्गुन ४ २०७८
755
Shares

प्रमुख प्रतिपक्षी एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौं महाधिवेशन चैत दोश्रो साता नेपालगञ्जमा हुने भएको छ। 

आगामी चैत १२ देखि १४ गतेसम्म महाधिवेशन हुने संगठनले जनाएको छ।

राजधानीमा हालै आयोजित संगठनको पदाधिकारी, प्रदेश पदाधिकारी,  प्रदेश इन्चार्ज र सह-इन्चार्जसहितको बिस्तारित  बैठकले महाधिवेशनको मिती टुंगो लगाएको हो। 

बैठकले महाधिवेशन आयोजक कमिटीको संयोजकमा सिराज अहमद फारुकी र मोहम्मद हारुनलाई सहसंयोजक तोकेको छ।

कमिटीमा २६१ सदस्य छन्। महाधिवेशनका लागि १० वटा उपसमितिसमेत बनाइएको संगठनले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार