
गोरखा । नेत्रविक्रम चन्द (विप्लव) समुहकाे नेकपासहित ६ दलले आह्यवान गरेकाे नेपाल बन्दका कारण गोरखा बिहानैदेखि सुनसान बनेकाे छ । एमसिसीकाे बिराेधमा गरिएकाे बन्दका कारण आज गोरखा सदरमुकाम र आसपासका ब्यापार ब्यवसाय खुल्न सकेका छैनन भने यातायात क्षेत्रलाई समेत प्रभावित बनाएकाे छ ।



गोरखाबाट छुट्ने लामाे दुरी तथा जिल्लाभित्रका कुनैपनि सार्वजानिक यातायातका साधन चलेका छैनन भने पसलहरु पनि बन्द छन् । अहिले गोरखा सदरमुकाम पूर्ण रुपमा सुनसान भएपनि निजी सवारी साधन तथा दुध बोक्ने गाडी, औषधी, बिरामी बोकेका एम्बुलेन्स भने निर्वाध सञ्चालामा छन् ।

यता बन्दका कारण जिल्लामा कुनै पनि समस्या नरहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ। सार्वजानिक सवारीहरु आउजाउ नभएपनि निजी सवारी भने चलिरहेकाे गोरखाका एसपी शेखर खनालले सिभिलखबरलाई बताए ।



बिहानैबाट चलेका निजी सवारीलाई समेत हालसम्म जिल्लाका कुनैपनि स्थानमा बन्दकर्ताबाट अवराेध नभएकाे एसपी खनालकाे भनाई छ ।
यता सदरमुकामकाे हरमटारी चाेकमा जम्मा भएका केहि बन्दकर्ताहरुले भने बजार क्षेत्रका जेब्रा क्रसिङ्गमा रङ्ग लगाएर रचनात्मक काम गरिरहेका छन् ।



त्यस्तै प्रशासनले भने जिल्ला सदरमुकामसहित आसपासका मुख्य मुख्य चोकमा सुरक्षा सतर्कता बढाइएको जनाएकाे छ । गृहमन्त्रालयले हिजै गोरखासहित सबै प्रमुख जिल्ला अधिकारीलाईहरुलाई शान्ति सुरक्षा चुस्त राख्न र बन्दको प्रभाव पर्न नदिन निर्देशन गरेको थियाे ।
