• बिहिबार, असोज १ २०८३

नेकपा एमाले युवा संघद्धारा सभामुखविरुद्ध विरोध प्रदर्शन


मंगलबार, फाल्गुन ३ २०७८
550
Shares

काठमाडौं। नेकपा एमालेको युवा संगठन युवा संघले सडकमा सांकेतिक विरोध स्वरुप प्रतिनिधि सभाको दृश्य देखाएर सभामुखविरुद्ध प्रदर्शन गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित सडकमा संघले सांकेतिक रुपमा संसद बनाएर सभामुखविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे, हत्यारा सभामुख राजीनामा दे’ लगायतका नारा लगाउँदै सडकमै विरोध प्रदर्शन गरेको छन् ।

नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार