• बिहिबार, असोज १ २०८३

राष्ट्रपति र प्रधानमन्त्रीले गरे साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त


मंगलबार, फाल्गुन ३ २०७८
720
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी छन्। 

सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ। आफ्ना दर्जनौं कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ। दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’

यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डा शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले दिवंगत साहित्यकार शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार