• बिहिबार, असोज १ २०८३

माओवादीले बोलायो संसदीय दलको बैठक


मंगलबार, फाल्गुन ३ २०७८
650
Shares

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक डाकेको छ। यही बुधबार बिहान ८ बजे बस्ने गरी माओ‌वादीले संसदीय दलको बैठक बोलाएको हो। 

बुधबारै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। उक्त बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्ने तयारी भएपछि माओवादी दलको बैठक बस्न लागेको हो।

माओवादीले आफूलाई एमसीसीविरुद्ध उभ्याइरहेको छ। सोमबार बसेको सर्वदलीय बैठकमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु एमसीसीको पक्षमा उभिन नसक्ने बताएका थिए। यस्तोमा माओवादी संसदीय दलको बैठकले एमसीसीबारे ठोस धारणा बनाउन सक्ने अपेक्षा गरिएको छ। 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार