
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास हुनुपर्ने बताएका छन् ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी पास गर्नुपर्ने बताएका हुन् ।
‘एमसीसी पास हुनुपर्छ’ देउवाले भने। संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने बताएका थिए ।
‘अरु सबैले त्यही बोले कि एमसीसी पास गर्नुपर्छ’, कोइरालाले भने ।


