• बिहिबार, असोज १ २०८३

ओलीले भने : एमालेले चोलेन्द्रलाई बोकेर हिँड्दैन


सोमबार, फाल्गुन २ २०७८
705
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टी प्रधानन्यायाधीशबाट निलम्बित चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पक्षमा नरहेको बताएका छन्। 

सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताएका हुन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको बताएका हुन् ।

‘अहिले प्रधानन्यायाधीशका विरुद्ध महाभियोग प्रस्ताव निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो प्रवृत्किो रुपमा आएको छ’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ।

ओलीले प्रधानन्यायाधीश जबराप्रति एमाले सकारात्मक भएको वा एमालेको पक्षमा काम गरेका छन् भनेर उनलाई बोकेर हिँड्नुपर्छ, जोगाउनुपर्छ भन्ने मनसाय एमालेको नभएको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार