• शनिबार, साउन १६ २०८३

एमसिसीविरुद्ध गोरखामा नेकपा एकीकृत समाजवादीकाे प्रदर्शन


सोमबार, फाल्गुन २ २०७८
1.2K
Shares

गोरखा । नेकपा एकिकृत समाजवादी पार्टी गोरखाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) सम्झौता खारेजीको माग गर्दै प्रर्दशन गरेकाे छ । एमसिसी देशकाे हितमा नरहेकाे भन्दै साे पार्टीले सदरमुकाममा बिराेध प्रदर्शन गरेकाे हाे ।

आईतबार गोरखा सदरमुकाममा नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध जनवर्गिय संगठनहरु एकिकृत मजदुर किसान संघ, अनेमसंघ एकिकृत समाजवादी, अनेरास्वियु तथा एकिकृत समावादी युवा संघकाे संयुक्त आयाेजनामा विरोध प्रदर्शन भएकाे हाे ।

सो प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, ‘एमसीसी खारेज गरौं, गो ब्याक एमसीसी’, लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

विरोध कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टीका गोरखा जिल्ला अध्यक्ष यादब बस्नेतले एमसीसी कुनै हालतमा पास हुन नहुने तर्क गरेका थिए । संसदबाट एमसिसी पास भए एकिकृत समाजवादी आन्दाेलनमा उत्रिने चेतावनी दिदै अध्यक्ष बस्नेतले एमसिसी पास भए अमेरिकी सेना नेपाल आउने र यहाँकाे शान्ति सुरक्षा कमजाेर हुने दावी गरेका थिए ।

कार्यक्रममा नेता जुद्धविलास भण्डारी, अनेमसंघ समाजवादीकी केन्द्रीय सदस्य तथा गोरखा जिल्ला सह–इन्चार्ज सानुमाया बस्नेत, पार्टीका जिल्ला उपाध्यक्ष टेकराज भट्ट, समाजवादी युवा संघका जिल्ला अध्यक्ष शिवराज पौडेल, अनेरास्ववियुका अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य सचिन भट्टराई लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार