• शनिबार, साउन १६ २०८३

आज लखन थापाकाे स्मृती दिवश, शहिद लखन गाउँपालिकामा बिदा


सोमबार, फाल्गुन २ २०७८
1.6K
Shares

गोरखा । आज नेपालका प्रथम शहिद लखन थापाकाे १ सय ४५ औँ स्मृती दिवश । जहानियाँ राणा शासनका बिरुद्ध आवाज उठाएकै कारण विसं १९३३ फागुन २ गते लखन थापालाई शहिदलखन गाउँपालिका ७ बुङकोट काहुलेभंगारमा झुण्डाएर हत्या गरिएको थियो ।

उनकाे स्मृती दिवशका अवसरमा गोरखाकाे शहिदलखन गाउँपालिकाले आज सार्वजानिक बिदा दिएको अध्यक्ष रमेश बाबु थापा मगरले बताए ।

आज पालिका मातहातका कार्यालय, सेवा केन्द्रहरु, त्यस क्षेत्रका शैक्षिक संस्था, बित्तिय संस्था लगायत सामाजिक संघसंस्थाहरुकाे सेवा बन्द रहने उनले जानकारी दिए ।

दिवशका दिन बुङकोटकाे काहुलेभंगारमा उनलाई झुण्डाएर हत्या गरिएकाे स्थानमा निर्माण भएकाे शहिद लखन स्मारक किलामा गाउँपालिकाले श्रद्धाञ्जली तथा उनकाे शालिकमा माल्यार्पण कार्यक्रम समेत राखेकाे बताइएकाे छ ।

त्यस्तै कार्यक्रमकै अवसरमा गाउँपालिका भित्र रहेका ९ वटै वडाका उत्कृष्ठ ९ जना कृषी तर्फ र ९ जना पशुपालन तर्फका किसानलाई सम्मान गरिने प्रमुख प्रशासकीय अधिकृत जीबनबहादुर आले बताए ।

यसैगरी गाउँपालिकाकाे लागाे डिजाइन गरेका राजकुमार आलेलाई समेत नगद ५० हजार सहित र शहिद परिवारलाई सम्मानकाे कार्यक्रम रहेकाे उनकाे भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार