गोरखा । नेकपा (माओवादी केन्द्र) पालुङटार नगर समितिले २७ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । पालुङटार नगर समितिले हरेक वडा समितिलाई कार्यक्रम गर्न निर्देश दिएको थियो ।
त्यही अनुसार पालुङटार -१ मा राष्ट्रिय सभाका सदस्य भुवन सुनारको प्रमुख अथितिमा पार्टीका स्थानिया नेता कर्याकर्ताको उपस्थितिमा जनयुद्ध दिवस मनाएको छ ।

त्यस्तै वडा नम्बर २ ले आज बिहान चापाभञ्ज्याङमा चियापान कार्यक्रम गरेर , दिउसो हर्मीकोटमा कार्यक्रम गरेर र बेलुका आपपिपल बजारमा दिपावलि गरेर जनयुद्ध दिवस मनाइएको माओवादी केन्द्रका वडा अध्यक्ष कमल पोखरेलले जानकारी दिए ।
पालुङटारको वडा नम्बर ३,४ र ५ ले ठाटिपोखरी बजारमा दिपावलि गरेर जनयुद्ध दिवस मनाएको छ । त्यस्तै ६,७,८,९ र १० नम्बर वडा पार्टीले पनि विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको माओवादी केन्द्रले जनाएको छ ।



पार्टीले हरेक वडा -वडामा विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरेको र त्यही अनुसार १० वटै वडामा जनयुद्ध दिवस मनाइएको माओवादीका नेता विवस चिन्तन (अजय ) ले जानकारी दिए ।
२०५२ साल फागुन १ गते आजैका दिन माओवादीको नेतृत्वमा १० बर्ष सम्म जनयुद्ध सुरु भएको थियो ।