
गोरखा । २७ औं जनयुद्ध दिवशका अवसरमा गोरखामा दिप प्रज्वलन भएकाे छ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपाल गोरखा र अनेरास्ववियु क्रान्तिकारी गोरखाकाे आयाेजनामा सदरमुकाममा दिप प्रज्वलन गरिएकाे हाे ।
जनयुद्धका क्रममा ज्यान गुमाएका शहिद र वेपत्ताहरुको सम्झनामा दिप प्रज्वलन गरीएको हो ।



कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य शुसिला सिंखडाले शहिदहरुले देखाएको बाटोमा हिड्नु पर्नेमा जोड दिइन् ।
त्यस्तै अनेरास्ववियुकी केन्द्रिय सदस्य लक्ष्मी रम्तेल र राजन आले मगरले समेत कार्यक्रममा सम्बाेधन गरेका थिए । कार्यक्रममा एमसिसीकाे बिराेध समेत गरिएकाे थियाे ।
तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो ।

