• शनिबार, साउन १६ २०८३

कमल थापा फेरि राप्रपा नेपालको अध्यक्ष


आइतबार, फाल्गुन १ २०७८
2.9K
Shares

काठमाडौं। राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि असन्तुष्ट रहँदै राप्रपाका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नामकै ब्राण्डमा अघि बढने भएका छन् ।

पछिल्लो समय पार्टि परित्याग गरेको घोषणापछि नेतृत्व मोहको आरोप लागेका थापाले निर्वाचन आयोगमा दर्ता रहेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी लिएर राप्रपा नेपाललाई सक्रिय बनाएका छन् ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएका छन् । आयोगले पत्र पनि दिएकाले आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा भएका छन् ।

२०६३ सालदेखि थापा त्यहीँ राप्रपा नेपालको अध्यक्ष थिए। राप्रपा एकता भएपछि उक्त पार्टीको नेतृत्व लामाले गरिरहेका थिए।

केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । कमल थापाले आगामी फागुन ७ गते राप्रपा नेपाल सक्रिय भएको आधिकारिक घोषणा गर्ने तयारी गरेको उनी निकट नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार