• शनिबार, साउन १६ २०८३

बालुवाटारमा देउवासँग भेटवार्तापछि प्रचण्ड मधेस प्रस्थान


आइतबार, फाल्गुन १ २०७८
605
Shares

सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । 

एमसीसीको विषयलाई लिएर भएको उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबल गरेर अघि बढ्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए भने प्रचण्ड र नेपालले संशोधनबिना अघि बढाउन उचित नहुने पूर्ववत अडान राखेका थिए । 

‘तीन नेताबीच एमसीसीबारे नै छलफल भएको छ, दुवै पक्षले आआफ्ना अडान कायम रहेको बताएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले एमसीसी अघि बढाउ भने, उनिहरुले हतार नगरौ भने ।’ 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार