• शनिबार, साउन १६ २०८३

कांग्रेसले बनायाे गोरखा-काठमाण्डाै सम्पर्क समिती, अध्यक्षमा सिंखडा


शनिबार, माघ २९ २०७८
965
Shares

गोरखा । नेपाली कांग्रेस गोरखाले गोरखा-काठमाण्डाै सम्पर्क समिती गठन गरेकाे छ । कांग्रेसले आज शनिबार पार्टी कार्यालय तिनधारेमा एक कार्यक्रम आयाेजना गरी रामकृष्ण सिंखडाको अध्यक्षतामा तदर्थ समिति घाेषणा गरेकाे हाे ।

भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाण्डौँमा बस्दै आएका सिंखडाकाे नेतृत्वमा ४१ सदस्यीय समिती गठन भएकाे पार्टीका जिल्ला सचिव किशाेरजंग थापाले जानकारी दिए ।

जसकाे उपाध्यक्षमा शहीद लखन ६ का गोपाल थापा, अजिरकोट ५ का ज्ञानेन्द्र दवाडी चयन भएका छन् भने सचिवमा गण्डकी गाउँपालिका ५ का राजेन्द्र धमला र सिरानचोक २ का किशोर गुरुङ सर्वसम्मत भएकाे बताइएकाे छ । त्यस्तै समितीकाे कोषाध्यक्षमा आरुघाट गाउँपालिका ८ का इश्वर ढकाल चयन भएका छन् ।

यस्तै सह सचिवमा बारपाक सुलिकोट 6 का नबराज सुवेदी, सिरानचोक ३ का टोपबहादुर थापा, गोरखा नगरपालिकाका ३ दिबस भट्ट, ६ का सविन भट्ट, पालुङटार ७ का हरिनारायण श्रेष्ठ र गण्डकी १ का रोशन अधिकारी रहेका छन् ।

त्यस्तै समितीमा २९ जना सदस्यहरु रहेकाे बताइएकाे छ । गोरखाका बिभिन्न स्थानीय तहमा घर भई ब्यापार, ब्यवसाय, जागिर लगायतका शिलसिलामा काठमाण्डौँ बस्दै आएका नेपाली कांग्रेस समर्थकहरुलाई एकै ठाउँमा संगठित गर्ने, पार्टीको काममा सहभागी बनाउने, कांग्रेस गोरखाको हरेक अभियानमा योगदान गर्नका लागि नेपाली कांग्रेस गोरखा काठमाण्डौँ सम्पर्क समिति गठन गरिएको कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति न्याैपानेले अब चुनावकाे तयारीमा लाग्न जिल्ला स्थित नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

कार्यक्रमा कांग्रेस क्षेत्र नम्बर १ का सभापति नारायण लामिछाने, क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ, गण्डकी प्रदेश सदस्य शोभा अधिकारी, गोरखा काठमाण्डौँ सम्पर्क समितिका अध्यक्ष रामकृष्ण सिंम्खडा लगायतले बाेलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार