• बिहिबार, असोज १ २०८३

एमालेले आज सातै प्रदेशमा चुनाव केन्द्रित प्रशिक्षण गर्ने


शुक्रबार, माघ २८ २०७८
605
Shares

नेकपा एमालेले आज (शुक्रबार) सातै प्रदेशमा एकसाथ ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ उद्घाटन गर्दै छ। 

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट कार्यक्रम उद्घाटन गर्ने भएका हुन्। 

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटीका पदाधिकारी, संघीय सांसद, प्रदेश सभा सदस्य तथा जिल्ला कमिटीका पदाधिकारी तथा प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थी सहभागी उनले जानकारी दिए । अगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको छ।

]

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार