• शनिबार, साउन १६ २०८३

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बस्दै


बिहिबार, माघ २७ २०७८
840
Shares

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बिहीबार बस्दै छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । उनका​ अनुसार बैठकमा पार्टीका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ ।

अधिवेशन हुन बाँकी जिल्लाका सन्दर्भमा छलफल हुने पौडेलले बताए । यस्तै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल हुने छ । कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पदाधिकारी रहन्छन् । यो समितिमा ३७ सदस्य छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार