• शुक्रबार, असोज २ २०८३

नेविसंघको महाधिवेशनको लागि दबाब दिँदै इतर समूहका विद्यार्थीले खबरदारी गर्ने


बुधबार, माघ २६ २०७८
710
Shares

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले महाधिवेशन गराउन पार्टीमाथि दबाब बढाउने भएको छ।   संस्थापन इतरका विद्यार्थी नेताहरुले संघको विधान कार्यान्वयनका लागि भन्दै खबरदारी गर्ने बताएका छन्। 

भोलि माघ २७ गते नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ। सोही क्रमममा संस्थापन इतर समूहका विद्यार्थी नेताहरुले कांग्रेसको विधान कार्यान्वय गर्नका लागि दवाव दिन सानेपामा मौन प्रदशन गर्ने तयारी गरेका छन्।

नेविसंघ लगायत म्याद सकिएका भातृसंस्थाहरुको विधान बमोजिम नयाँ समिति बनाएर महाधिवेशन उन्मुख गराइनुपर्छ भनेर खबरदारी स्वरुप  दबाब अभियान अन्तर्गत मौन प्रदर्शन गर्न लागिएको नेविसंघका नेता भुवन भट्टले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार