
सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दैछन् । ती दल र मोर्चाले दिउँसो १२ बजे माइतीघरबाट जुलुसहित संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् ।

सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दैछन् । ती दल र मोर्चाले दिउँसो १२ बजे माइतीघरबाट जुलुसहित संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् । ती दल र मोर्चाले देशैभरका सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल गर्दै आएका छन् ।
