• शनिबार, साउन १६ २०८३

५० भन्दा बढीलाई न्यानाे कपडा


मंगलबार, माघ २५ २०७८
940
Shares

गोरखा । गाेरखा नगरपालिका ७ का ५० जना भन्दा बढिलाई न्यानाे कपडा वितरण गरिएकाे छ ।

गोरखा नगरपालिका वडा नम्बर ७ क्षेत्रका नेपाली काँग्रेस समर्थित युवाहरुकाे पहलमा वडाभित्र रहेका ५७ जना असहाय, अपाङ्गता भएका तथा विपन्न र जेष्ठनागरिकलाई न्यानाे कपडा सहयाेग गरिएकाे हाे ।

न्यानाे कपडा आज मंगलबार एक कार्यक्रमका वीच नेपाली काँग्रेसका महासमिती सदस्य समेत रहेका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उनिहलाई वितरण गरेका हुन् ।

वडाक्षेत्र भित्र रहेका थर्पु, बेलडाँडाँ, गैरीपिपल लगायत बस्तीका नागरिकलाई चिसाेबाट जाेगाउने स्विटर, जकेट लगायतका न्यानाे कपडा वितरण गरिएकाे ध्रुव श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली काँग्रेसमा प्रवेश गरेकाे उनले बताए । उनिहरुलाई महासमिति सदस्य पन्तले सदस्यता प्रदान गरि पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा काँग्रेस नेता कार्यकर्ताहरुकाे समेत उपस्थिती रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार