• शनिबार, साउन १६ २०८३

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक


मंगलबार, माघ २५ २०७८
650
Shares

प्रतिनिधिसभाकाे अाईतबारकाे बैठक आआफनाे स्थानबाट उठेर प्अरमुख प्बरतिपक्ष दल नेपाली काग्रूरेसले अबरूद गरेपछि मंगलबार दिनकाे २ बजे सम्गमलाई स्थगित गरेकाे घाेषणा गर्दै सभामुख अग्निप्रसाद सापकाेटा । t:jL/M रत्न श्रेष्ठ, /f;;

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएकाले संसद बैठकमा छलफल गर्ने विषय तय गर्न बुधबार दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यो समितिमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।यता संसद सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र संविधानसभाका सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोकप्रस्ताव पारित गर्ने उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार