• शनिबार, साउन १६ २०८३

सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार छ : विश्वकर्मा


मंगलबार, माघ २५ २०७८
645
Shares

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्।

एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँच दलीय गठबन्धनका नेताहरुले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताएका हुन्।

एमाले तिलोत्तमा नगर कमिटीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शङ्करनगरमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा सचिव विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र रहेको दाबी गरे। उनले अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको उनको भनाई थियो।

नेता विश्वकर्माले एमसीसीबारे दोहोरो कुरा गरेर सत्तारूढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकातिर एमसीसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसीसीविरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उनको टिप्पणी थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार