• शनिबार, साउन १६ २०८३

निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : महामन्त्री थापा


मंगलबार, माघ २५ २०७८
565
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएकाे बताएका छन् ।

महामन्त्री गगन थापाले सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहकाे निर्वाचन घाेषणा गरेसँगै आशंकाहरु हटेकाे बताएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार