• शनिबार, साउन १६ २०८३

मन्त्री यादव विरुद्ध पत्रकार दाहालले दिए जाहेरी


सोमबार, माघ २४ २०७८
680
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले प्रहरीमा जाहेरी दिएका छन् ।

रौतहटको एक कार्यक्रममा गौर नरसंहार दोहर्याउने धम्की दिएको प्रकरणमा पत्रकार दाहालले हुलाकमार्फत जाहेरी दिएका हुन् । मन्त्री यादवले गौरमा गत माघ ५ मा नरसंहार दोहर्याउने धम्की दिएको जाहेरीमा उल्लेख गरिएको छ। पत्रकार दाहालले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटलाई जाहेरी पठाएको बताए । 

आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ । जाहेरी पत्रमा भनिएको छ, ‘वर्तमान परिप्रेक्ष्यमा सिके राउतको जनमत पार्टीले मधेश प्रदेशमा किसानको मुद्दाहरु उठाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । यस आन्दोलनको क्रममा उग्र गतिविधिहरु समेत देखाउँदै आइरहेका छन् ।

यस्तो सन्दर्भमा बहालवाला मन्त्री जस्तो जिम्मेवार व्यक्तिको दुरुत्साहन पूर्ण अभिव्यक्तिले समाजमा शान्ति सुरक्षा बनाई राख्न चुनौति थप्छ । तसर्थ, निज अन्यायीलाई हदैसम्मको सजाय गर्नु पर्ने देखिन्छ ।’यसअघि नेपाली काँग्रेसका नेता रंजित कर्णले पनि प्रहरीमा जाहेरी दिएका थिए ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार