• शनिबार, साउन १६ २०८३

एमसीसी निष्कर्षमा पुर्‍याउनेबारे छलफल सकारात्मक : मन्त्री कार्की


सोमबार, माघ २४ २०७८
600
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्लाई प्रभावकारी बनाउने, एमसीसीबारे चाँडै निष्कर्षमा पुग्नेलगायतका धेरै विषयहरूमा गम्भीरतापूर्वक छलफल गरिएको बताउँदै आगामी बैठकले त्यसलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् । 

काँग्रेस नेता समेत रहेका कार्कीले सरकार एमसीसी चाँडो संसद्बाट निष्कर्षमा पुगोस् भन्ने पक्षमा रहेको पनि स्पष्ट पारेका हुन् । 

मन्त्री कार्कीले भने, ‘त्यहाँ धेरै विषयमा गम्भीरतापूर्वक छलफल भएका छन । चाहे संसद्लाई प्रभावकारी बनाउने विषयमा होस् । चाहे एमसीसी एउटा अनुदान हो ।

यसलाई संसद्बाट छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउने यी विषयहरूमा सकारात्मक ढंगले छलफल भएका छन । र, आगामी छलफलले यसलाई एउटा निष्कर्षमा पुर्‍याउने बुझाई मेरो छ ।

एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पुर्‍याउने दिशामा एउटा सकारात्मक छलफल भएको छ ।’ मन्त्री कार्कीले एमसीसी अनुमोदनको विषयलाई चुनावभन्दा पछाडि लैजान नहुने धारणा समेत राखे । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार