• शनिबार, साउन १६ २०८३

काँग्रेस प्रवक्तामा प्रकाशशरण महत


सोमबार, माघ २४ २०७८
775
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतले पाएका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारी सरहको हैसियत दिइएको छ ।

विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार