• शनिबार, साउन १६ २०८३

प्रचण्डलाई बाबुरामको कटाक्ष: भित्र-भित्र राष्ट्रघात, बाहिर-बाहिर राष्ट्रवाद !


सोमबार, माघ २४ २०७८
745
Shares

The then UCPN-Maoist leader Baburam Bhattarai (left) and UCPN-Maoist Chairman Pushpa Kamal Dahal. Photo: THT

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘भित्र खाओवाद, बाहिर माओवाद’ भन्दै कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात’ भनेका हुन् ।

कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितको समय माग गरेको खुलेको थियो ।

नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !,’ भट्टराईले लेखेका छ्न् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार