• शुक्रबार, असोज २ २०८३

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई घरमै पुगेर भेटे


आइतबार, माघ २३ २०७८
665
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्ष कमल थापासँग भेट गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवं विभागीय प्रमुखहरुको पदस्थापन, स्वागत र मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देन शनिबार थापासँग भेटघाट भएको जानकारी दिएका हुन्।

‘देशले राप्रपाको आवश्यकता महशुस गरिरहेको छ। पार्टीले लिएको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको अवस्थामा राप्रपाले नवीन यात्रा प्रारम्भ गरिरहेको छ’ अध्यक्ष लिङ्देनले भने, ‘सानातिना विषयमा नअल्झौँ, बृहत राप्रपा निर्माणमा जुटौँ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार