
गोरखा । प्रेस चौतारी नेपालको स्थापना दिवसको अबसरमा मानव सेवा आश्रम गोरखाका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
प्रेस चौतारी नेपाल गोरखाकाे आयाेजनामा २४ औँ स्थापना दिवशका अवसरमा आश्रमका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएकाे अध्यक्ष अश्विन दानीले बताए ।
आश्रमका बालबालिकालाई सहयाेगका साथै शिक्षा क्षेत्रमा थप प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए ।
सामाग्री वितरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य भिमलाल श्रेष्ठ, पत्रकार किरण लोहनी, चौतारीका जिल्ला कार्यसमिती सदस्य सुशिल भारती लगायतको उपस्थिती रहेको थियो ।
