• शनिबार, साउन १६ २०८३

पेट्रोलियम पदार्थकाे मुल्यबृद्धि बिराेधमा युवा संघ र अखिलद्वारा गोरखामा बिराेध प्रदर्शन


शनिबार, माघ २२ २०७८
700
Shares

गोरखा । पेट्रोलियम पदार्थमा बारम्बार भएकाे मूल्यवृद्धि र स्थानीय तह निर्वाचन मिति घोषणा माग गर्दै गोरखामा राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विराेध प्रदर्शन गरेकाे छ ।

राष्ट्रिय युवा संघ र अखिलका कार्यकर्ताहरुले शुक्रवार साँझ गोरखा सदरमुकाममा मसाल जुलुश प्रर्दशन गरेका हुन् । मसाल जुलुश गोरखाको बसपार्कबाट शुरु भइ हरमटारी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई अनेरास्वीयूका केन्द्रिय सचिवालय सदस्य प्रबिण श्रेष्ठ, राष्ट्रिय युवा संघ गोरखाका इन्चार्ज भिम सुनार र संयोजक हरि रोका लगायतले सम्वोधन गरेका थिए ।

मसाल जुलुसमा सहभागीहरुले वर्तमान सरकार विरुद्ध नाराबाजी सहित तत्काल पेट्रोलियम पदार्थमा बारम्बार भएकाे मूल्यवृद्धि र स्थानीय तह निर्वाचन मिति घोषणा गर्न माग गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार