• शुक्रबार, असोज २ २०८३

सत्ता गठबन्धनभित्रकै बाबुराम भट्टराईले पनि गरे सभामुख सापकोटाको विरोध


बिहिबार, माघ २० २०७८
615
Shares

एमसीसीका कारण सत्ता गठबन्धनभित्र विवाद चर्किंदै जाने लक्षण देखिएको छ। 

यस क्रममा सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि एमसीसी अड्काउने दल र नेताहरूविरुद्ध निरन्तर टिप्पणी गरिरहेका छन्। 

हुँदाहुँदा डा. भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको पनि विरोध गर्न थालेका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही गरेका माधव नेपाल, रामकुमारी झाँक्रीलगायत १४ सांसदलाई पदबाट नहटाएको भन्दै लगातार प्रतिनिधि सभाको बैठक अवरोध गरेर सभामुख सापकोटाको आलोचना गरिरहेकाे छ। त्यसाे त एमालेले एमसीसीका सन्दर्भमा पनि सभामुखले सदनमा प्रस्तुत हुन राेक्न नमिल्ने बताइरहेकाे छ। यही मेलाेमा सत्ता पक्षकै नेता डा. भट्टराई पनि थपिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार