• शनिबार, साउन १६ २०८३

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियूको माग


बुधबार, माघ १९ २०७८
645
Shares

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बुधबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । 

नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी फेरि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँको दरले तथा आन्तरिक हवाईइन्धनमा प्रतिलिटर रु. १० र अन्तर्राष्ट्रिय हवाईइन्धनमा अमेरिकी डलर १०० ले वृद्धि गरेको थियो ।  

उक्त मूल्यवृद्धिको आफ्नो सङ्गठनले घोर विरोध एवम् निन्दा गर्ने विज्ञप्तिमा उल्लेख छ । मूल्यवृद्धिसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सरकार गम्भीर नभए अखिल क्रान्तिकारी सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार