• शनिबार, साउन १६ २०८३

केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा बस्दै


बुधबार, माघ १९ २०७८
1.1K
Shares

स्थानीय तहको निर्वाचनको मिति तोक्ने गृहकार्य भइरहँदा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ ।

बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल हुने गृहमन्त्री खाणका निजी सचिव नरेन्द्र केसीले बताए । मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा तयारी गर्न निर्देशन दिएका थिए ।

सो निर्देशनपछि गृहमन्त्रीले सुरक्षा समितिको बैठक डाकेका हुन् ।बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी छन् ।

  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार