• शनिबार, साउन १६ २०८३

जेठ ४ मा स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री देउवा


मंगलबार, माघ १८ २०७८
795
Shares

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ पहिलो साता स्थानीय तह निर्वाचन हुने बताएका छन्। जेठ ५ अगाडि नै स्थानीय तह निर्वाचन गर्ने गरी सरकारले परामर्श गरिरहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको बागमती प्रदेशका पदाधिकारीहरूको भेटमा जेठमा स्थानीय चुनाव हुने बताएका हुन्।सोमबार बागमती कांग्रेसका पदाधिकारीहरू सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न गएका थिए।

‘जेठ ४ गते स्थानीय तह चुनाव गर्ने तयारी छ। प्रधानमन्त्री एवं सभापतिले तपाईंहरूले पनि आफ्नो ठाउँबाट तयारी थाल्न अनुरोध गरेको भनेर बागमती कांग्रेसका महामन्त्री राजु श्रेष्ठले बताए ।

प्रधानमन्त्री देउवाले सबैसँग छलफल गरेर सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने पनि बताएका थिए। निर्वाचन आयोगले सरकारलाई स्थानीय चुनावको मिति तोक्न पटकपटक आग्रह गरिरहेको छ।

साथै बागमती अधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारी सभापति देउवालाई भेट्न बालुवाटार पुगेका बेला स्थानीय चुनावको प्रसंग पनि निस्किएको थियो।

‘निर्वाचित भएकोमा सभापतिले हामीलाई बधाई तथा शुभकामना दिएको र हामीले पनि सभापतिमा निर्वाचित भएकोमा उहाँ (देउवा) लाई बधाई तथा शुभकामना दियौं,’ उनले बताए ।

साथै प्रधानमन्त्री देउवाले स्थानीय चुनावको मिति तय गर्न निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छलफल गर्न लागेका छन्। सत्तारूढ गठबन्धनले पनि जेठभित्र स्थानीय चुनाव गर्ने सहमति गरेको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि जेठभित्रै स्थानीय चुनाव गर्न माग गरिरहेको छ। कांग्रेसभित्र पनि जेठभित्रै स्थानीय तह चुनाव गर्नुपर्ने नेताहरूले माग गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार