• शनिबार, साउन १६ २०८३

एमसिसी देशकाे हितमा छ, पारित गरौं: बाबुराम भट्टराई


सोमबार, माघ १७ २०७८
685
Shares

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसिसी सम्झौता पारित गर्नुपर्ने बताएका छन्।

भट्टराईले सर्वसम्मतिले एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने बताएका हुन। यसबारे जनतालाई बुझाउनुपर्ने पनि उनको भनाइ छ।

‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘सबै एकमुख भएर जनतालाई बुझाऔं।’

एमसिसीकै बाहनामा सत्तारूढ गठबन्धनमा समस्या उत्पन्न हुन नहुने उनले उल्लेख गरेका छन्।

‘यही बाहनामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्,’ भट्टराई भन्छन्, ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार