• शुक्रबार, असोज २ २०८३

अघ्यक्ष प्रचण्डद्धारा सहिदप्रति श्रद्धाञ्जलि


आइतबार, माघ १६ २०७८
840
Shares

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। 

उनले आइतबार सन्देश जारी गरी जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। 

जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण सहिदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदै छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार