• शनिबार, साउन १६ २०८३

स्थापना दिवसमा प्रेस सेन्टरद्धारा गोरखामा स्वास्थ्य सामग्री वितरण


शनिबार, माघ १५ २०७८
870
Shares

गोरखा । प्रेस सेन्टर नेपालले १८ औँ स्थापना दिवसका अवसरमा गोरखा सदरमुकाममा स्वास्थ्य सामग्री वितरण गरेकाे छ ।

सेन्टरले स्थापना दिवशका अवसरमा मास्क नलगाई हिडडुल गर्ने पैदल यात्रु, यातायात मजदुर लगायतलाइ मास्क, सेनीटाइजर लगायतका सामाग्री वितरण गरेकाे जिल्ला अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।

कार्यक्रम सेन्टरका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

पछिल्लो समय बढेको कोरोना भाइरसका कारण स्वास्थ्य जनचेतना जगाउन आवश्यक रहेकाले सडकमा बसेर स्वास्थ्य चेतना सम्प्रेषण गर्न स्वास्थ्य सामग्री वितरण गरी मास्कको अनिवार्य प्रयोग गर्न सचेत गराइएको सेन्टरका अध्यक्ष गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार