• शनिबार, साउन १६ २०८३

प्रेस चाैतारी नेपाल गोरखाकाे चाैथाे अधिवेशन सम्पन्न, अध्यक्षमा दानी, सचिवमा रेग्मी


शनिबार, माघ १५ २०७८
1.3K
Shares

गोरखा । प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको शाखाको चौथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनले समितिको उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रवि किरण रेग्मी, सहसचिव(खुल्ला)मा सुजन बस्नेत , सहसचिव(समावेशी) मा अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताललाई चयन गरेको छ ।

सदस्यहरुमा उर्मिला गुरुङ, अश्विन थापा, सुशील भारती, एलेस बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन भएका छन् ।

कार्यक्रमकै अवसरमा पत्रकार किरण लोहनीले आफ्नो स्वर्गीय पिता मणिराज लोहनीको स्मृतिमा पत्रकारिता पुरस्कार र एमाले गोरखाका युवा नेता राजन गुरुङले क्रियाशील युवा पत्रकारिता पुरस्कारका लागि ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

प्रेस चाैतारी गाेरखाका संयाेजक उद्धव कुमालकाे अध्यक्षतामा भएकाे अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा केन्द्रीय सदस्य बस्नेतसहित एमालेका केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय कोषाध्यक्ष इन्द्र आचार्य, केन्द्रीय सदस्य भिमलाल श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, गोरखा इन्चार्ज प्रकाशचन्द्र भट्टराई, बानका गण्डकी प्रदेश संयाेजक किरण लाेहनी, नेपाल पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा, नेपाल प्रेस युनियन गाेरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार